नियम ८
मानपदवीको पट्टा वा पट्टिका र प्रालम्बिका लगाउने तरिका
मानपदवीको मण्डन लगाउँदा सो मानपदवीको पट्टा वा पट्टिका र प्रालम्बिका भएकोमा प्रालम्बिकासमेत लगाउनु पर्नेछ । तर, –
(१) प्रथम श्रेणीको एउटाभन्दा बढी मानपदवीको मण्डन लगाउँदा सोमध्ये एउटा मानपदवीको मात्र पट्टा र प्रालम्बिका लगाउनुपर्नेछ ।
(२) नेपाली सेना र प्रहरीका हकमा अवस्था अनुसार मण्डनमात्र पनि लगाउन सकिनेछ ।